२८ चैत्र २०८२, शनिबार | April 11, 2026

कृषिमा कम भविष्य देख्नेका लागि…


२३ भदौ २०८२, सोमबार  

26
Shares

भोजपुर । यहाँका किसान व्यावसायिक कृषितर्फ आकर्षित भइरहेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि अब यी किसान उदाहरणीय बन्न थालेका छन् । यहाँका किसानले कृषि व्यवसायबाट लाखौँ रुपैँया आम्दानी गरिरहेका छन् ।

भोजपुरमा उत्पादन भएका कृषि उपजहरूले बाह्य जिल्लाका बजारमासमेत स्थान पाउन थालेका छन् ।सबै स्थानीय तहमा किसानले व्यवस्थित ढङ्गले कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् । यहाँ उत्पादन हुने तरकारी, अकबरे खुर्सानी तथा फलफूल धरान, विराटनगर तथा काठमाडौँ जस्ता सहरमा पुग्न थालेका छन् ।

सडकको सहज पहुँच भएका स्थानका किसानको फार्मबाट नै सोझै कृषि उत्पादन बाह्य जिल्लामा जाने अवस्था रहेको स्थानीय किसान रमिला श्रेष्ठ बताउँछिन् । “कृषिकर्ममा बाँच्ने आधार बनेको छ,” उनले भनिन, “व्यावसायिक रूपमा गरिएको तरकारी खेतीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी हुन्छ ।” सडकको सहज पहुँचका कारण बजारमा पु¥याउन सजिलो भएको किसानहरूको भनाइ छ ।

भोजपुरको पौवादुङमाका किसान ध्रुव राईले व्यावसायिक रूपमा फलफूल, खुर्सानी तथा तरकारीखेती गरिरहेका छन् । व्यावसायिक कृषिमा लागेर मनग्य आम्दानी गर्दै आएको उनको भनाइ छ । “खुर्सानी तथा तरकारी खेतीबाट राम्रो आम्दानी लिइरहेको छु,” उनले भने, “व्यावसायिक कृषिबाट वार्षिक रु चार देखि छ लाखसम्म आम्दानी हुन्छ । कृषिमा लाग्न स्थानीय तहबाट पनि आवश्यक सहयोग पाइरहेको छु ।”

अरुण गाउँपालिका–६ जरायोटारका प्रेमकुमार राईले पनि एभोकाडोको व्यावसायिक खेती गरिरहेका छन्। करिब पाँच वर्ष विदेश बसेर फर्किनुभएका राईले आफ्नै देशमा केही गर्ने उद्देश्यले एभोकाडो खेती सुरु गरेका हुन्। राईको फार्ममा अहिले एक हजारभन्दा बढी एभोकाडोका बिरुवा छन् । अबका केही वर्षभित्र ती बिरुवाले उत्पादन दिन सुरु गर्ने उहाँको भनाइ छ । सबै बिरुवाले आम्दानी दिँदा वार्षिकरूपमा रु २५ देखि ३० लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको उनले बताए।

सरकारले किसानलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएसँगै कृषितर्फ आकर्षण बढेको देखिन्छ । पछिल्लो समय फर्म नै दर्ता गरेर कृषि तथा पशुपालन व्यवसाय गर्नेको सङ्ख्या बढिरहेको छ । प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनमा आएसँगै कृषि क्षेत्रमा युवाकोसमेत आकर्षण बढेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ९ : १० बजे

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र

पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक