काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकामा जेनजी पुस्ताले गरेको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा गोली चलेको छ ।
आन्दोलनकारीहरूले उपमहानगरपालिका घेराउ गर्दै मुख्य चोक अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुका साथै अश्रुग्यास प्रहार गरेको जनाएको छ ।
प्रदर्शनका क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् भने थप विवरण आउन बाँकी छ ।



















प्रतिक्रिया