१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

प्रदर्शनमा मारिएका युवाहरुको स्मरणमा दीप प्रज्वलन



खजुरा । जेन जी पुस्ताको प्रदर्शनमा ज्यान गुमाएका युवाहरुको स्मरणमा बाँकेको खजुरामा दीप प्रज्वलन गरिएको छ । शाहदात प्राप्त गरेका युवाहरुको आत्माको शान्तिको कामना गर्दै खजुराका स्थानीयबासीले दीप प्रज्वलन गरेका हुन् ।

उनीहरुले युवाहरुको स्मरणमा मौनधारण गर्दै युवाको आहुतीले देशमा भ्रष्टाचार र कुशासनको अन्त्य हुने अपेक्षा गरे । दिनभरी प्रदर्शन गरेका स्थानीयबासीले साँझ खजुरा बजारमा दीप प्रज्वलन गरेका हुन् ।

प्रदर्शनकारीले खजुरा स्थित माओवादी र एमालेको पार्टी कार्यालयका कागजपत्र र फर्निचर सडकमा ल्याएर जलाएका छन् । खजुराबासीले आज दिनभरी बजार बन्द गरेर जेन जी पुस्ताको आन्दोलनलाई समर्थन जनाएका थिए । काठमाडौंमा भएको प्रदर्शनमा बाँकेका दुईजना युवाको ज्यान गएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १० : २४ बजे

कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी

सानो भ-याङस्थित यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानो भ-याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात

सरकारले राज्यआतंक देखायो : एमाले, देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । नेकपा (एमाले)ले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि सरकारले अत्यधिक बल

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम