७ आश्विन २०८३, बुधबार | September 23, 2026

पोखराका अधिकांश कार्यालयमा तोडफोड तथा आगजनी



गण्डकी । जेनजी आन्दोलनका कारण गण्डकी प्रदेशको राजधानी पोखरामा आज अधिकांश सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । पोखरामा दिनभर कफ्र्यु आदेश भए पनि आन्दोलनकारीहरूले प्रदर्शन जारी राखेका थिए ।

प्रदर्शनका क्रममा पोखरा महानगरपालिका, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, गण्डकी प्रदेश सभाको कार्यालय, मुख्यमन्त्रीको कार्यालय तथा निवास, महानगरपालिकाका विभिन्न वडा कार्यालयमा उनीहरूले आगजनी गरेका हुन् ।

आन्दोलनकारीकै सहयोगमा कास्की कारागारमा भएका सबै कैदीबन्दी भागेका छन् । उक्त कारागारमा करिब ९०० कैदीबन्दी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।

त्यस्तै प्रदर्शनकारीले यहाँस्थित भाटभटेनी सुपर मार्केट, विभिन्न सरकारी गाडीका साथै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको निवास, सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको निवासलगायतमा पनि आगजनी एवमं तोडफोड गरेका छन् ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ८ : २१ बजे

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई

हवाई फायर गर्दा नरोकेपछि बाइकको टायरमा गोली प्रहार, १०३.७९० ग्राम ब्राउनसुगर बरामद

नेपालगन्ज । लोगुऔषधको कारोबारे पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको

मुस्ताङ भन्सारबाट २० दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन

मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले २० दिनमा रु दुई अर्ब

मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा

गोरखा । मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव