काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मुलुकभर उत्पन्न असामान्य परिस्थितिका कारण आगामी कात्तिक ११ गतेसम्म सम्पूर्ण पठनपाठन कार्य स्थगित गर्ने निर्णय गरेको छ ।
विश्वविद्यालयले लामो बिदा दिने निर्णयसँगै यस अवधिको ‘हिउँदे बिदा’ कटौती गर्ने जनाएको छ ।
त्रिवि रजिष्ट्रार कार्यालयअन्तर्गत सूचना तथा सम्पर्क महाशाखाका प्रमुख लिल्ली थापा क्षेत्रीले सूचना जारी गर्दै असोज ११ गतेपछि मात्रै नियमित कक्षा सञ्चालन हुने जानकारी गराएका हुन् ।
यसबीच दशैं, तिहार र छठजस्ता चाडपर्वका बिदा पनि परेकाले विद्यार्थी र शिक्षकहरूलाई एकैपटक लामो बिदा हुने भएको छ । सूचनाअनुसार, भदौ २९, ३०, ३१ र असोज १, २, ५ तथा ९ गते बिदा दिइनेछ ।
त्रिविले नियमित पठनपाठन कात्तिक ११ गतेदेखि मात्र सुरु हुने स्पष्ट पारेको छ ।



















प्रतिक्रिया