काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन जारी गरेको छ ।
बिहीबार जारी विज्ञप्तिमा राष्ट्र बैंकले नेपाली सेनाको पछिल्लो सूचनाअनुसार आवतजावतको व्यवस्था गर्दै संवेदनशील प्रणालीहरू सञ्चालन गरी अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवाहरू उपलब्ध गराउन भनेको छ ।
यसका साथै, अन्य प्रणालीहरू रिमोट एक्सेसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ । राष्ट्र बैंकले यी सेवासम्बन्धी जानकारी आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न समेत बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेको छ ।


















प्रतिक्रिया