काठमाडौं । नेपाली सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि पनि दिनभर निषेधाज्ञा र रातभरी कर्फ्यू लाग्ने जानकारी दिएको छ ।
भोलि बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्ने र साँझ ७ बजेबाट रातभर कर्फ्यू आदेश जारी गरिएको सेनाको मुख्यालय जंग्गीअड्डाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।
सेनाले आवतजावतका लागि खुल्ला गरेको समयमा पनि प्रदर्शन, नारा, भेला गर्न नपाईने समेत जनाएको छ ।


















प्रतिक्रिया