३ चैत्र २०८२, मंगलबार | March 17, 2026

सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त, राति ९ बजे शपथ



काठमाडौं । जेनजी आन्दोलनकारीहरुको तर्फबाट सिफारिस गरिएकी ७३ वर्षीया सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छिन् ।

राष्ट्रपति रामचन्द्र पौडेल र र जेनजी प्रतिनिधिहरुसहित कार्कीबीच भएको छलफल पछि उनलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति भएको हो । कार्कीको सपथ आजैराति ९ बजे हुने बताइएको छ ।

शपथग्रहणका लागि अहिले नियुक्तिपत्रको मस्यौदा र पहिलो मन्त्रिपरिषद्ले गर्ने निर्णयको मस्यौदाको गृहकार्य भइरहेको छ । कार्कीले सिंहदरबारस्थित गृहमन्त्रालयको नयाँ भवनमा अस्थायी रुपमा स्थापना गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर आजै राति कार्यभार सम्हाल्नेछिन् । त्यसअघि पहिलो मन्त्रिपरिषद्को बैठक भने शितलनिवासमै हुनेछ । सो बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस गर्नेछ ।

कार्कीको मन्त्रिमण्डलमा अरु को को व्यक्ति समेटिन्छन् भन्ने कुरा अझै खुलिसकेको छैन । शपथग्रहण समारोहमा सहभागी हुन विशिष्ठ श्रेणिका कर्मचारीहरु र सुरक्षा प्रमुखहरुलाई शितलनिवास बोलाइएको छ ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ७ : ४६ बजे

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा