७ पुस २०८२, सोमबार | December 22, 2025

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन



काठमाडौँ । यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा दीप प्रज्वलन गरिएको छ । ठमेलका रात्रिकालीन व्यवसायीले आज नर्सिङ चोकमा जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन गरी श्रद्धाञ्जलि तथा शोकसभा गरेका हुन् ।

शोकसभामा ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले जेनजीको प्रदर्शनका क्रममा मृतक भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे । सोही अवसरमा एक मिनेट मौनधारण पनि गरिएको थियो ।

यस्तै, जेनजीको प्रदर्शनका कारण बन्द भएका यहाँका व्यवसाय सञ्चालन हुन थालेका छन् । परिषद्ले आज एक विज्ञप्ति जारी गरी रातको समयमा पनि सञ्चालन हुने व्यवसाय भने सुरक्षाका कारण राति १० बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ । परिषद्का उपाध्यक्ष धमलाले सुरक्षित रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ९ : ४२ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८