१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

‘जेनजी’ आन्दोलनका नाममा तोडफोड र आगजनी निन्दनीय : मुख्यमन्त्री कँडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी निन्दनीय भएको बताएका छन् ।

आइतबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आन्दोलनलाई उद्देश्यभन्दा फरक ढङ्गले प्रयोग गर्नु निन्दनीय भएको र तोडफोड र आगजनीको जिम्मेवार को हुने भन्ने विषयले थप अन्यौलता सिर्जना गरेको बताए ।

मुख्यमन्त्री कँडेलले गणतन्त्र ल्याउने अभियानमा सहभागी युवाहरूलाई समेत भड्काएर घटना गराइएको जिकिर गरे । उनले सङ्घीय राजधानीमा अप्रिय घटनाहरू घटेको र त्यसको प्रभाव कर्णालीमा पनि देखिएको बताए ।

“यस घटनामा सबैभन्दा बढी नोक्सानी कर्णाली प्रदेशसभामा भएको छ । यस्तो अवस्थामा अब कसरी काम गर्ने भनेर प्रदेश सचिव र मन्त्रीहरूसँग छलफल भएको छ”, मुख्यमन्त्री कँडेलले भने ।

उनले आज क्षतिग्रस्त सरकारी कार्यालयको अनुगमनसमेत गरेका थिए ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  ८ : २५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा