१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

खरानीको थुप्रोबाट संविधान दिवस मनाउँछौं : शंकर पोखरेल 



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् ।
महासचिव पोखरेलले आज कार्यालय पुगी ‘जेनजी प्रदर्शनका क्रममा क्षति पुगेको कार्यालयको अनुगमन गरेका हुन् । उनका साथमा केन्द्रीय सदस्य निरज आचार्यसमेत थिए ।
त्यसक्रममा महासचिव पोखरेलले क्षतिग्रस्त भएको पार्टी कार्यालयको पुनर्निर्माण थाल्न निर्देशन दिए  । उनले  आउँदो असोज ३ गते खरानीको थुप्रोबाट नै संविधान दिवस मनाउने बताए ।
कार्की सरकारले भ्रष्टाचार अन्त्य र सुशासनका कदम अघि बढाउँदा एमालेले सहयोग गर्ने उनले बताए । उनले लक्ष्यअनुसार समयमै निर्वाचन गराउन सरकार केन्द्रित हुने आशा व्यक्त गरे ।
यही भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा एमाले पार्टी कार्यालयमा तोडफाड र आगजनी भएको थियो । आगजनी र तोडफोडबाट पार्टी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ४ : ३२ बजे

नेपाल-स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न

काठमाडौं । नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक बुधबार काठमाडौँमा

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी

चितवन । जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पनि पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण

आज मुस्लिम समुदायले इद-उल-अजाहा पर्व मनाउँदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इद-उल-अजाहा)