२६ असार २०८३, शुक्रबार | July 10, 2026

कोहलपुरबाट स्रोत नखुलेको ७ लाख बढी रकम सहित ३ जना पक्राउ



नेपालगन्ज । बाँकेको कोहलपुरबाट स्रोत नखुलेको ७ लाख ६६ हजार रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–२ बाट प्रहरीले कोहलपुर नगरपालिका–५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्रालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले बा ८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई रोकेर चेकजाँच गर्नेक्रममा सो रकम फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले बरामद रकमको स्रोत सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

भाद्र २३ र २४ गते भएको जेन जीको आन्दोलनका क्रममा कोहलपुर र नेपालगन्ज्का राजश्व, मालपोत तथा अदालतहरूबाट नगद र सुन लुटिएको र बरामद रकम सोही घटनासँग सम्बन्धित भए नभएको सम्बन्धमा पनि अनुसनधान हुने एक प्रहरी अधिकारीले बताए । बाँके प्रहरी प्रशासनले लुटिएका सामान फिर्ता गर्न आग्रह गर्दै फिर्ता नगरे कानूनी कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

यसअघि कोहलपुरस्थित राजश्व कार्यालयबाट लुटिएको बाकस खोलेर पैसा बाँड्दै गरेको भिडियो समेत सार्वजनिक भएको छ ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ९ : २१ बजे

माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत । मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय

राष्ट्रपति पौडेलले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गरेका

वर्षामा बिपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको

सरकारले गणेश नेपालीलाई तत्काल भारत नलैजाने

काठमाडौं । आत्मदाह प्रयासपछि गम्भीर अवस्थामा रहेका मुगुको सोरु गाउँपालिका-१