२१ मंसिर २०८२, आइतबार | December 7, 2025

कोहलपुरबाट स्रोत नखुलेको ७ लाख बढी रकम सहित ३ जना पक्राउ



नेपालगन्ज । बाँकेको कोहलपुरबाट स्रोत नखुलेको ७ लाख ६६ हजार रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–२ बाट प्रहरीले कोहलपुर नगरपालिका–५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्रालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले बा ८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई रोकेर चेकजाँच गर्नेक्रममा सो रकम फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले बरामद रकमको स्रोत सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

भाद्र २३ र २४ गते भएको जेन जीको आन्दोलनका क्रममा कोहलपुर र नेपालगन्ज्का राजश्व, मालपोत तथा अदालतहरूबाट नगद र सुन लुटिएको र बरामद रकम सोही घटनासँग सम्बन्धित भए नभएको सम्बन्धमा पनि अनुसनधान हुने एक प्रहरी अधिकारीले बताए । बाँके प्रहरी प्रशासनले लुटिएका सामान फिर्ता गर्न आग्रह गर्दै फिर्ता नगरे कानूनी कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

यसअघि कोहलपुरस्थित राजश्व कार्यालयबाट लुटिएको बाकस खोलेर पैसा बाँड्दै गरेको भिडियो समेत सार्वजनिक भएको छ ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ९ : २१ बजे

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा