१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले रु एक खर्ब ७७ अर्ब ४१ करोड बराबरको रकम देशभित्र पठाएका छन् ।

आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव सात प्रतिशतले वृद्धि भई रु एक खर्ब ३६ अर्ब ६० करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई एक अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५ दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु एक खर्ब ९३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु एक खर्ब ४८ अर्ब आठ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ४४ हजार ४६६ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या २३ हजार ६४४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ थियो ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ८ : १८ बजे

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे

ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोखरेलको मृत्यु

नवलपरासी । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीका पत्रकार पोषकान्त

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी। सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

जुरेढुङ्गा ओझेलमा

रसुवा । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि

UN extends LDC graduation timeframe for Nepal and Bangladesh

Kathmandu, Oct 30: The United Nations General Assembly has unanimously