१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जनरेशन Z को जागरण र सुशीला कार्कीको नेतृत्वमा समृद्ध नेपालको यात्रा



खजुरा । नेपाल अहिले इतिहासको एउटा असामान्य मोडमा उभिएको छ। दशकौँदेखि स्थायित्व खोजिरहेको यो राष्ट्र आज फेरि एकपटक हलचलमा छ, तर यसपटक त्यो हलचल निराशाको होइन—उत्साह र आशाको हो। जनताले लामो समयदेखि भोग्दै आएको निराशा, भ्रष्टाचार, र विदेशी हस्तक्षेपका विरुद्ध एउटा नयाँ चेतनाको उदय भएको छ—जनरेशन Z को रूपमा।

सामाजिक सञ्जालबाट उठेको यो आन्दोलनले देशको राजनीतिक शक्तिसन्तुलनमा झट्का दिएको छ। दुइ दिनमै देशका सबै प्रमुख शहरहरूमा सडक र चोक भरिए, र सरकार झुकेको देखियो। यस्तो व्यापक जनसञ्चालन स्वस्फूर्त रूपमा उठेको थियो—न कुनै पार्टीको झण्डा, न कुनै नेताको फोटो। केवल एउटै आवाज थियो—’हामी परिवर्तन चाहन्छौं।’

कल्पना पौडेल ‘जिज्ञासु’

तर, यो परिवर्तनको आवाज सस्तो थिएन। १९ जना युवा, जसको आयु अझै भविष्यका सपना बोकेका थिए, उनीहरू सहादतमा उत्रिए। उनीहरूको बलिदानले देशका हरेक सचेत नागरिकको अन्तरात्मा हल्लायो। यो केवल आँसु बगाउने घटना थिएन, यो एक संकल्प थियो—अब पछि फर्किने छैन। उनीहरूको मृत्युले शोक मात्र होइन, एकजुटताको भाव पनि ल्यायो।

देश आज नेतृत्वविहीन स्थितिमा छ। संसद् अवरुद्ध, सरकार अपांग, र जनतामा निराशा व्याप्त। यस्तो बेलामा विदेशी शक्तिहरू, प्रतिगामी तत्वहरू र सत्ता लोलुपहरूको चलखेलले अवस्था अझै भयावह बनाएको छ। तर, यिनै चुनौतीहरूका बीच एउटा नाम फेरि अगाडि आयो— सुशीला कार्की।

पूर्वप्रधानन्यायाधीशको रूपमा पहिल्यै जनसमर्थन पाइसकेकी सुशीला कार्कीले एकपटक फेरि राष्ट्रको सेवा गर्ने संकल्प लिएकी छन्। उनको नाम जनताबीच केवल एउटा महिला नेतृको रूपमा होइन, न्याय, निष्ठा र निर्भीकताको पर्यायका रूपमा चिनिन्छ। जब अन्तरिम सरकारको नेतृत्वको बहसले द्वन्द्वको रूप लिइरहेको थियो, त्यही बेला सबैको सहमतिमा उनी अगाडि आइन्। यो कुनै सौभाग्यिक संयोग थिएन, यो जनताको आवाजको सम्मान थियो।

सुशीला कार्कीको नेतृत्व केवल संविधानसम्मत शासनको स्थापनाका लागि मात्र नभई, भ्रष्टाचारको जरो उखेल्ने अभियानको पनि थालनी हो। सामाजिक न्याय, पारदर्शिता, र नारी सशक्तिकरणका क्षेत्रमा उनी एउटा प्रतीक बनिसकेकी छिन्। उनका निर्णयहरू, विगतमा न्यायालयमा दिइएका आदेशहरू, र उहाँको निष्कलङ्क छवि आज देशले खोजिरहेको ूसचेट नेतृत्वू का सबै मापदण्डमा खरा उत्रिन्छ।

यो घटनाक्रमले अर्को महत्वपूर्ण कुरालाई पनि उजागर गर्यो—नेपालमा नारी शक्ति अब परिधिमा होइन, केन्द्रमा आइपुगेको छ। ऐतिहासिक रूपमा, नेपाली महिलाहरूले परिवार, समाज, र राष्ट्रको निर्माणमा बलियो भूमिका खेल्दै आएका छन्। दुर्गा, काली, लक्ष्मीबाई, अनि अब सुशीला कार्की—यी नामहरू केवल प्रेरणा होइनन्, उनीहरू संघर्ष, विद्रोह र पुनर्निर्माणको अनुहार हुन्।

सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई ६ महिनाभित्र निर्वाचन गराई नयाँ सरकारलाई जिम्मेवारी सुम्पिने जिम्मेवारी दिइएको छ। यस अवधिमा उनको भूमिकाले संविधानको रक्षा, मौलिक अधिकारको संरक्षण, र भ्रष्टाचारको अन्त्यतिर ठोस काम गर्ने अपेक्षा गरिएको छ।

तर, परिवर्तनको यात्रामा सधैँ चुनौतीहरू पनि हुने गर्छन्। जनरेशन Z को आन्दोलन शान्तिपूर्ण रूपमा सुरु भए पनि नेतृत्व, नीति र अनुशासनको अभावले केही स्थानमा अराजकता देखियो। आन्दोलनमा घुसपैठ भएका विभिन्न तत्वहरूले राष्ट्रिय सम्पत्ति, निजी सम्पत्ति, कार्यालयहरूमा क्षति पुर्याए। जेलबाट हजारौँ कैदीहरू भागे। यी घटनाहरूले आन्दोलनको मर्मलाई धुमिल बनाउन खोजे। तर, यस्तो अराजकता आन्दोलनको उद्देश्य थिएन—बरु नेतृत्वहीनताको परिणाम थियो।

हाम्रो युवा पुस्तामा शक्ति छ, तर उनीहरूलाई दिशा दिनुपर्ने खाँचो छ। ती युवाहरूलाई मार्गदर्शन गर्न, संगठन दिन र उनीहरूको ऊर्जा सुसंस्कृत परिवर्तनतर्फ मोड्न एक दिगो, नैतिक र न्यायपूर्ण नेतृत्व आवश्यक छ—त्यसको उदाहरण अहिले सुशीला कार्की बनेकी छिन्।

नेपालको संविधानबारे केही असहमति भइरहे पनि, लोकतन्त्र, गणतन्त्र, मौलिक अधिकार र बहुदलीय व्यवस्थाको रक्षा अपरिहार्य छ। यही मूल्यमान्यतामा उभिएर अबको राजनीतिक संक्रमणले आफूलाई साबित गर्नुपर्नेछ। संसद्को विघटन वा संविधानको पुनर्लेखनको नाममा भइरहेको बहस असंविधानिक मोड लिँदैछ भन्ने चेतावनी पनि महत्त्वपूर्ण छ।

देशका लागि अगाडि बढ्ने बाटो संविधानको चौकटीभित्रबाटै खोजिनुपर्छ। सुधार आवश्यक छन्, तर त्यसले मूल संरचनामा आँच पुर्याउने होइन, त्यसलाई सुदृढ बनाउने हुनुपर्छ।

जनता अहिले सजग छन्, युवा जागृत छन्, र महिला नेतृत्व अब निष्क्रिय दर्शक होइन—सक्रिय अग्रसर बनिसकेको छ। शुशिला कार्कीको शपथ केवल एक औपचारिकता थिएन, त्यो एक ऐतिहासिक क्षण थियो—जहाँ न्याय, स्वाभिमान, र आमजनताको सपना एउटै हातमा सुम्पिएको थियो।

आजको आन्दोलनले देखाएको छ कि सत्ता परिवर्तन मात्रै पर्याप्त छैन, व्यवस्था, सोच र संस्कारको परिवर्तन जरुरी छ। केवल सरकारको नेतृत्व बदलेर होइन, नेतृत्वको चरित्र बदलेर मात्र नयाँ नेपाल सम्भव छ।

नेपाल अब परिवर्तनको यात्रामा उभिएको छ—जहाँ युवाले दिशा देखाएका छन्, नारीहरूले नेतृत्व लिएका छन्, र जनताले आफ्नो आवाज बुलन्द बनाएका छन्। सुशीला कार्कीको नेतृत्वमा, अब त्यो आवाज केवल सडकमा होइन, राज्यको संरचना र नीति निर्माणमा पनि गुन्जिनेछ।

समावेशी, समतामूलक, र भ्रष्टाचारमुक्त नेपाल निर्माणको यो ऐतिहासिक घडीमा हामी सबैको सक्रिय सहभागिता अनिवार्य छ।

यही अवसर हो—नेपालले नयाँ युगमा प्रवेश गर्ने।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  १२ : १४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा