२७ असार २०८३, शनिबार | July 12, 2026

सङ्घीय तहमा रहेको कर्मचारी दरबन्दी २० प्रतिशतले घटाउने सैद्धान्तिक सहमति



काठमाडौँ । संघीय सरकार अन्तर्गतका सचिवहरुको बैठकले निजामती सेवा अन्तर्गत सङ्घीय तहमा रहेको दरबन्दी २० प्रतिशतले घटाउने सैद्धान्तिक सहमति गरेको छ । मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यसबारे सैद्धान्तिक सहमति गरेको हो ।

हाल सङ्घमा ५१ हजारभन्दा बढी कर्मचारी रहेकोमा २० प्रतिशतले दरबन्दी कटौती हुँदा यो सङ्ख्या करिब १० हजारले घट्ने बताइएको छ ।

आज भएको सैद्धान्तिक सहमति बमोजिम आवश्यक प्रस्ताव असोज २० गते भित्र तयार गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक सचिवले बताए ।

प्रस्ताव तयार भएपछि अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने छ । मन्त्रिपरिषद बैठकबाट निर्णय भएसँगै दरबन्दी घटाउने निर्णय कार्यान्वयनमा आउने छ ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ९ : १५ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका