काठमाडौं । नेपाल प्रहरीले एकैपटक ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बुधबार प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले सरुवा तथा काज आदेश जारी गरेको हो ।
प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयअनुसार, सरुवा भएका अधिकृतहरूले असोजदेखि तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था गरिएको विभागले जनाएको छ ।
उक्त आन्दोलनका क्रममा मुलुकभर ठूलो क्षति भएको थियो भने आन्दोलनकारीले प्रहरीका विभिन्न कार्यालयमा आगजनी समेत गरेका थिए ।



















प्रतिक्रिया