२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अझ सुदृढ बनाउन देउवाको आह्वान



काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अझ सुदृढ बनाउन सबैलाई आह्वान गरेका छन्।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले लोकतन्त्रको स्थापना र पुनःस्थापना गर्न ऐतिहासिक आन्दोलन, क्रान्ति, संघर्ष र बलिदानमार्फत संविधान निर्माण भएको उल्लेख गर्दैे संविधान नेपाली जनताको ऐतिहासिक उपलब्धि भएको बताएका छन्। देउवाले २०७२ सालमा जारी संविधानले मुलुकलाई संघीय, धर्मनिरपेक्ष, समावेशी र लोकतान्त्रिक गणतन्त्रको बाटोमा अघि बढाएको स्मरण गराएका छन्।

उनको भनाइमा संविधान दिवस मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य मान्यताप्रतिको प्रतिबद्धताको दिन हो। देउवाले नेपालको संविधानले मुलुकलाई सामाजिक न्याय, समान अवसर, मानव अधिकार र विधिको शासनको आधारशिला रोजेको उल्लेख गर्दै संविधानले मार्गनिर्देशन गरेको लोकतान्त्रिक अभ्यासलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिए।

सभापति देउवाले मुलुकमा हाल देखिएका विभिन्न चुनौती र असन्तुष्टिलाई सम्बोधन गर्न संविधानलाई नै आधार मानेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। “समृद्ध नेपाल निर्माणका लागि संविधानको पूर्ण कार्यान्वयन, सामाजिक सद्भाव र एकतापूर्ण राष्ट्रिय भावना आवश्यक छ,” देउवाले भने।

संविधान दिवसको अवसरमा उनले शहीद, अग्रज नेताहरू र लोकतन्त्रका लागि संघर्ष गर्ने सम्पूर्ण योद्धाप्रति श्रद्धा अर्पण गर्दै मुलुकको उज्ज्वल भविष्य निर्माणमा सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ८ : ११ बजे

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा