२३ जेष्ठ २०८३, शनिबार | June 6, 2026

संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जानुपर्छ : प्रचण्ड

अप्ठ्यारो परिस्थितिमा संविधान जोगाएकोमा राष्ट्रपतिलाई दिए बधाई



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान निर्माणको बेला आफूहरूले प्रस्ताव गरेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था स्वीकार गरिएको भए हालको जेनजी आन्दोलन नै नहुने दाबी गरेका छन्।

संविधान दिवसको अवसरमा शुक्रबार पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले २०७२ सालमा भएको संविधान निर्माण प्रक्रियामा आफ्नो दलले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको पक्षमा बहस गरेको तर सहमति नजुट्दा आजको अवस्था सिर्जना भएको बताए।

उनले भने, “राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति आवश्यक छ भनकै हो। त्यसमा सहमति भएको भए अहिले अर्कै परिस्थिति हुन्थ्यो। जेनजीले आन्दोलन गर्नु पर्थेन, यति ठूलो क्षति हुने थिएन।”

प्रचण्डले आफुहरुले सहमतिका लागि संविधान घोषणा हुनुअघि नोट अफ डिसेन्ट लेखेको स्मरण गर्दै अब विद्यमान संविधानलाई संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए।

सोही क्रममा उनले जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउनेसम्मको प्रयास भएको दाबी समेत गरे । आफूले त्यसविरुद्ध सहजीकरणको भूमिका खेल्नुपरेको उनले खुलासा गरे। राष्ट्रपति रामचन्द्र पौडेल, सेनापति तथा विभिन्न दलका नेतासँग रातभर संवाद गरी अन्तरिम सरकारको ढाँचा तय गरेर संविधानलाई जोगाउन आफू सक्रिय बनेको उनले बताए ।

राष्ट्रपति पौडेलले अप्ठ्यारो परिस्थितिमा संविधानलाई जोगाउन गरेको भूमिकाको प्रशंसा गर्दै प्रचण्डले उनलाई बधाईसमेत दिए। कार्यक्रममा उनले विगतका गल्तीहरूको पुनः स्वीकार गर्दै आगामी दिनमा जनताको पक्षमा दृढतापूर्वक उभिने प्रतिवद्धता पनि व्यक्त गरे।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १० : १० बजे

पूर्व खेलाडी समाज बाँकेको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

नेपालगन्ज । पूर्व खेलाडी समाज बाँकेको दोस्रो वार्षिक साधारणसभा शनिबार

ओझलमा ऐतिहासिक ढोलथान

म्याग्दी । बाइसे चौबिसे राज्यताका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र

८०० किलोमिटर लक्ष्य, चार सय ९२ किलोमिटर मात्र दुई लेन सडक कालोपत्र

काठमाडौँ । चालु आर्थिक वर्षको हालसम्म देशभर कूल चार सय

हुरीले फेवातालमा फसेका १२ पर्यटकको उद्धार

पोखरा । पोखरा–६ बैदामस्थित फेवातालमा ‘बोटिङ’ गर्ने क्रममा हुरीका कारण

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस