चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ तुइन खोलामा आज साँझ आएको पहिरोले सडक अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माले आज साँझ खसेको पहिरोका कारण सडक अवरुद्ध भएको बताउँदै पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिइन् । माथिबाट पहिरो आउने जोखिम कायमै रहेको उनको भनाइ छ ।
आज दिउँसोदेखि पहिरो खस्ने र पन्छाउने काम गरिरहेको शर्माले बताइन् । उनका अनुसार साँझपख आएको पहिरो पन्छाउन केही समय लाग्ने देखिएको छ । पहिरो खस्ने जोखिम रहेकाले रातको समयमा यस खण्डको प्रयोग नगर्न प्रहरीले यात्रु तथा सवारीचालकलाई आग्रह गरेको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले ढुंगारपहिरो नदेखिने र संभावित दुर्घटना निम्तन सक्ने भएकोले सुरक्षाको दृष्टिकोणले बिहान ४ बजेपछि मात्र सडक खुलाउने कार्य थालिने जनाएको छ । कार्यालयले पहिरो हटाउन संभव नभएकोले भोलि बिहान ४ः०० बजेसम्म को लागि सवारी आवागमन नगर्न आग्रह गर्दै सडकमा रोकिएका सवारीसाधन लगायत यात्रुहरूलाई रात अवधिभर सावधानीपुर्वक सुरक्षित स्थानतिर गइदिन पनि अनुरोध गरेको छ ।



















प्रतिक्रिया