२१ माघ २०८२, बुधबार | February 4, 2026

काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण



बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको छ । आर्थिक वर्ष २०८०-०८१ मा गाउँपालिकाले विनियोजन गरेको तीन करोड ६४ लाख ६५ हजारमा वडा नम्बर ७ स्थित रेशमा अस्पताल निर्माण गरिएको हो । सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोलाले तीन वर्ष अगाडि नै गाउँगाउँमा आधारभूत स्वास्थ्य सेवा पुर्याएको थियो ।

नागरिकलाई गाउँबाटै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आधारभूत अस्पताल बनाएको हो । पालिकामा अहिलेसम्म स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइबाहेक अन्य स्वास्थ्य संस्था थिएनन् । स्थानीयलाई अलि जटिल प्रकारको स्वास्थ्य समस्या देखिए बागलुङ बजार जानुको विकल्प छैन । गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ ।

पालिकाका सात वडामा सात स्वास्थ्यचौकी तथा चार स्थानमा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरी सञ्चालनमा छन् । साविकका रेश, भिमापोखरा, बिहुँकोट, लेखानी, धम्जा, तङ्ग्राम र लेखानी गाविसमा एक-एकवटा स्वास्थ्यचौकी भए पनि नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउन सकेका थिएनन् । टाढाका गाउँलेलाई लक्षित गरी रेशमा अस्पताल बनाउन लागेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए ।

गाउँगाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएपछि उपचारका लागि सहज भए पनि सेवाको गुणस्तर र जटिल रोगको उपचार पनि गाउँमै गर्न आधारभूत अस्पताल निर्माण प्रारम्भ भएको उनको भनाइ छ । सोह्र महिनामा निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीले २०८१ साउनदेखि काम सुरु गरको थियो । करिब छ महिनाअगावै काम सकिएको अध्यक्ष थापाले जानकारी दिए ।

उनले भने, ‘हरेक नागरिकले सहज रूपमा स्वास्थ्योपचार गर्न पाउनुपर्छ । त्यसैले पालिकाको विभिन्न वडामा स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर पहिलेदेखि नै सेवा दिँदै आएका छौँ, अब एउटा अस्पताल पनि आवश्यक देखिएको हुँदा वडा नम्बर ७ मा पाँच शय्याको अस्पताल निर्माण सम्पन्न भएको छ, केही समयमै सेवा सञ्चालन हुनेछ ।’

काठेखोला-७ का वडाध्यक्ष प्रेम लामिछानेले यहाँ स्वास्थ्यचौकी मात्र रहेकाले आधारभूत अस्पताल निर्माण गरेको बताए । अब स्वास्थ्यचौकीको सेवा आधारभूत अस्पतालमै गाभिने र सेवा थप गरेर प्रवाह गरिने छ । पछिल्लो पाँच वर्षमा काठेखोलाले वडा नम्बर ८ कादेसमा स्वास्थ्य एकाइ, वडा नम्बर १ दोबिल्ला स्वास्थ्य एकाइ, वडा नम्बर ४ मा फापरखेत स्वास्थ्य एकाइ र वडा नम्बर ५ मा बिहुँ स्वास्थ्य आधारभूत स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ७ : ४९ बजे

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल