१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मलाई मन्त्री नभन्नु, भन्न मन लागे कवाडी विज्ञानमन्त्री भन्नु, ५ महिनामा गर्ने कामबारे ह्वास्एप गर्नु : महावीर पुन



काठमाडौं। नवनियुक्त शिक्षा मन्त्री महावीर पुनले पाँच महिनाभित्र विज्ञान तथा शिक्षा क्षेत्रमा गर्न सकिने काम र व्यावहारिक ‘आइडिया’बारे सुझाव दिन आम सर्वसाधारणलाई आग्रह गरेका छन्।

मन्त्रीमा नियुक्त भएपछि फेसबुकमार्फत् पहिलो प्रतिक्रिया जनाउँदै पुनले आफूलाई औपचारिक बधाई, खादा वा माला लिएर भेट्न नआउन आग्रह गरेका छन्। “मलाई कसैले पनि मन्त्री नभन्नु होला। यदि भन्नै मन छ भने ‘कवाडी विज्ञान मन्त्री’ भन्नु होला,” पुनले लेखेका छन्।

उनले थपे, “लौ बधाई छ भनेर फोन नगर्नु होला, बरु शिक्षा, विज्ञान र प्रविधि क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने ठोस काम र सुझाव छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला।”

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पुनलाई शिक्षा मन्त्रीमा नियुक्त गरेकी हुन्। उनीसहित पाँच मन्त्रीले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ९ : १७ बजे

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी