३१ असार २०८३, बुधबार | July 15, 2026

मलाई मन्त्री नभन्नु, भन्न मन लागे कवाडी विज्ञानमन्त्री भन्नु, ५ महिनामा गर्ने कामबारे ह्वास्एप गर्नु : महावीर पुन



काठमाडौं। नवनियुक्त शिक्षा मन्त्री महावीर पुनले पाँच महिनाभित्र विज्ञान तथा शिक्षा क्षेत्रमा गर्न सकिने काम र व्यावहारिक ‘आइडिया’बारे सुझाव दिन आम सर्वसाधारणलाई आग्रह गरेका छन्।

मन्त्रीमा नियुक्त भएपछि फेसबुकमार्फत् पहिलो प्रतिक्रिया जनाउँदै पुनले आफूलाई औपचारिक बधाई, खादा वा माला लिएर भेट्न नआउन आग्रह गरेका छन्। “मलाई कसैले पनि मन्त्री नभन्नु होला। यदि भन्नै मन छ भने ‘कवाडी विज्ञान मन्त्री’ भन्नु होला,” पुनले लेखेका छन्।

उनले थपे, “लौ बधाई छ भनेर फोन नगर्नु होला, बरु शिक्षा, विज्ञान र प्रविधि क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने ठोस काम र सुझाव छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला।”

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पुनलाई शिक्षा मन्त्रीमा नियुक्त गरेकी हुन्। उनीसहित पाँच मन्त्रीले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ९ : १७ बजे

अन्तरराष्ट्रिय सम्मानले उचाल्यो नेपालगन्ज र धारा म्याराथनको साख

नेपालगन्ज । “मैले पनि सोचेको थिएन एम्सले मलाई यसरी सम्मान

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि १०० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमा पुगेपछि नेपाल राष्ट्र

सुनचाँदीको मूल्यमा फेरि उकालो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना

सिंहदरबार दक्षिण गेटमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण