६ आश्विन २०८३, मंगलबार | September 22, 2026

आजको मौसम : देशका पहाडी भू-भागमा बदली, कोशी र बागमतीमा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहे पनि स्थानीय वायुको आंशिक प्रभाव देशभर सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशसहित पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली हुने सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा तराईका केही भागमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।

यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि महाशाखाले जनाएको छ ।

आज राति देशका अधिकांश पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने अन्य भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ७ : ३० बजे

डाटासेन्टरमा देखिएको समस्यापछि रोकिएको शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको डाटा

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ