काठमाडौं । देशका विभिन्न सडक खण्डमा पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।
ट्राफिक प्रहरीले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार हाल चार वटा प्रमुख स्थानमा यातायात सञ्चालन रोकिएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा नारायणगढ–मुग्लिन सडक खण्ड माथिबाट पहिरो खसेपछि आवागमन रोकिएको छ ।
यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पनि अरनिको राजमार्ग पहिरोका कारण बन्द भएको छ ।
त्यसैगरी, रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ मा २०८२ साल असार २४ गतेको बाढीले पुल बगाएपछि नेपाल–चीन नाका अझै अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।
कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा पनि पहिरो खसेका कारण सडक सम्पूर्ण रूपमा बन्द भएको सूचना जारी गरिएको छ ।
ट्राफिक प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राखी वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।



















प्रतिक्रिया