काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै गएको पहिरो हटाउन थप समय लाग्ने भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार साँझ ठूलो वर्षातका कारण राति अबेरसम्म पहिरो पन्छाउन समस्या भएपछि थप समय लाग्ने भएको हो ।
आज बिहान ५ः३० बजेदेखि पहिरो पन्छाउन नारायणगढ र मुग्लिनतर्फबाट पाँचवटा उपकरण निरन्तर रूपमा परिचालन भइरहेको कार्यालयले जनाएको छ । साँघुरो ठाउँका कारण धरै उपकरणहरू एकै पटक सञ्चालनमा ल्याई कार्य गर्न नसकिएको उल्लेख गर्दै सडक डिभिजनले पहिरो पन्छाउन समय लाग्ने भएको जानकारी दिएको छ ।
कार्यालयले सडक सञ्चालन नहुन्जेलसम्म वैकल्पिक मार्गको प्रयोग गर्न पनिआग्रह गरेको छ । लामो समयसम्म बाटो अवरुद्ध हुँदा दसैँमा घर हिँडेका यात्रु मारमा परेका छन् ।
यता धादिङको बेनिघाट गाउँपालिका–१०, जवाङखोला र घोप्टेभीरमा गएको पहिरो भने हटाइएको छ । बिहान ३ बजे पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको नागढुङ्गा मुग्लिङ सडक योजनाले जानकारी दिएको छ ।



















प्रतिक्रिया