१५ चैत्र २०८२, आइतबार | March 29, 2026

आगजनी, तोडफोड र लुटपाट गर्ने जेन-जी होइनन : मुख्यमन्त्री आचार्य



नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन(जीको आन्दोलनका कारण पश्चिम नवलपरासी जिल्लामा प्रभावित भएका सरकारी कार्यालय, व्यवसायिक भवन तथा निजी घरहरूको शुक्रबार अनुगमन गरेका छन् ।

भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र तोडफोड भएर प्रभावित भएका कार्यालयहरूको सेवा प्रवाहलाई निरन्तरता दिने उद्देश्यले उनले अनुगमनलाई जारी राखेका हुन् ।

यसअघि अर्घाखाँची, प्यूठान, दाङ, बाँके र रुपन्देही जिल्लाका प्रभावित कार्यालयहरूको अनुगमन गरिसकेका मुख्यमन्त्री आचार्यले शुक्रबार पश्चिम नवलपरासीका विभिन्न प्रभावित कार्यालयहरूको निरीक्षण गरे ।

अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री आचार्यले जेन-जीहरूले सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाट नगरेको स्पष्ट पारे । उनले जेन-जीको नाममा आपराधिक समूहहरूले त्यसको लाभ उठाएको बताए ।

उनले सार्वजनिक, सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन संघीय सरकारसँग माग गरे ।

‘जेन-जीहरूले मुलुकमा सुशासन कायम गर्दै भ्रष्टाचारको अन्त्य चाहेका हुन् । उनीहरूको प्रमुख मुद्दा यिनै थिए । तर जुन प्रकारले अराजकता फैलाउने काम भयो, त्यो जेन-जीको भावना विपरीतको कार्य हो’ उनले भने, ‘यो जुन ध्वंस पार्ने काम गरिएको छ, गराइएको छ, यसप्रति घोर आपत्ति छ ।’

मुख्यमन्त्री आचार्यले जनताको काम टेन्टमुनि बसेर भए पनि गर्ने विश्वास दिलाए । ‘टेन्टमुनि बसेर भए पनि जनताको काम गर्छौं । कर्मचारीहरूलाई मनोबल उच्च बनाएर काम खट्न भनीसकेका छौं । उहाँहरूले काम थालनी गर्नुभएको छ’ मुख्यमन्त्री आचार्यले भने, ‘पूर्ण रूपमा ध्वस्त भएका कार्यालयहरूबाट सेवा सुचारु गर्न प्रदेश सरकारले सहयोग गर्ने निर्णय पनि गरिसकेको छ ।’

आन्दोलनका क्रममा पश्चिम नवलपरासीको सरावल गाउँपालिका, बर्दघाट नगरपालिका, वडा कार्यालयहरू, जनप्रतिनिधिहरूको निवास, होटल तथा रेस्टुरेन्टहरूमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जेन-जीहरुको आन्दोलनको नाममा भएको अराजक गतिविधिले सार्वजनिक, सरकारी तथा निजि सम्पत्तिहरुमा ठूलो क्षति पुगेको बताए ।

‘जेन-जी’को आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा १३२ सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको प्रारम्भिक विवरण यसअघि सार्वजनिक गरिएको थियो । आन्दोलनका क्रममा ६७ निजी सम्पत्ति, ५२ राजनीतिक दलका पार्टी कार्यालय र १४ प्रहरी कार्यालयमा समेत आगजनी तथा तोडफोड भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १२ : ३९ बजे

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

सरकारको पहिलो कामलाई लगानीकर्ताको रेडलाइट, नेप्सेमा ७१ अङ्कको गिरावट

काठमाडौं । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल