१६ बैशाख २०८३, बुधबार | April 29, 2026

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी : नेताहरुबाट जवाफ दिनेक्रम सुरु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको सातौं पूर्ण बैठकको दोस्रो दिन आज प्रज्ञा भवन, कमलादीमा बैठक जारी रहेको छ। बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरू माथि छलफल चलिरहेको माओवादीले जनाएको छ ।

तीनवटै प्रस्तावमाथि विभिन्न १० वटा टोली बनाएर छलफल भएको र अहिलेसम्ममा टोली नेताहरूले धारणा राखेका छन् । बैठकमा बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरुले धारणा राख्नेक्रम पनि सकिएको छ ।

बैठकमा आफ्नो छुट्टै प्रस्ताव राख्ने जनार्दन शर्माले १० वटा टोलीका नेताहरूले धारणा र अन्य पदाधिकारीले उठाएका प्रश्नमा आफ्नो धारणा राखेका छन् । पूरक प्रस्तावबारे सदस्यहरुको धारणाका बारेमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जवाफ दिने कार्य तालिका रहेको छ । बैठकमा उठेका धारणा र प्रस्तावहरुका बारेमा अध्यक्ष प्रचण्डले जवाफ दिएपछि बैठक सकिने माओवादी केन्द्रका एक पदाधिकारीले बताए ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ४ : १३ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात