२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

खजुराले रोक्यो वितरणमुखी कार्यक्रम, पदाधिकारी र कर्मचारीको बैठक भत्ता पनि बन्द



खजुरा । खजुरा गाउँपालिकाको विभिन्न निकायहरुबाट सञ्चालन भइरहेको वितरणमुख कार्यक्रमहरू स्थगित गरिएको छ । पालिकाबाट वितरण हुँदै आएको निशुल्क स्वास्थ्य विमा कार्यक्रम, ग्याँस, साइकल, विद्युत महसुल, ह्याण्ड पम्म, साडी जस्ता वितरणमुख कार्यक्रम पालिकाले स्थगित गरेको हो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत दील बहादुर पौडेलले आज एक सूचना जारी गर्दै वितरणमुख कार्यक्रम नगर्न नगराउन सबै सरोकारवालाहरुलाई जानकारी गराएका छन् । त्यस्ता वितरणमुखी कार्यक्रम सहित सार्वजनिक निकायका पदाधिकारी र कर्मचारीलाई नियमित कामका लागि बैठक भत्ता उपलब्ध नहुने, महँगा इलक्ट्रोनिक्स र विलासी सामाग्री खरिद नहुने, कार्यक्रमको खर्चमा मितव्ययीता कायम गर्ने पनि सूचनामा उल्लेख गरिएको छ ।

नेपाल सरकार अर्थ मन्त्रालयको निर्णय बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट निर्णय कार्यान्वयन गर्ने गराउने भनी लेखि आएको जनाउँदै उल्लेखित कुनै पनि कार्यक्रम सञ्चालन नगर्न सूचनामा भनिएको छ । सूचनामा उक्त वितरणमुखी कार्यक्रम संचालन गरे गराए स्वयंम जिम्मेवारी हुने र गाउँपालिका सो रकम भुक्तानी गर्न बाध्य नहुने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ४ : ३३ बजे

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र

अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल ले आफ्नो नाममा रहेको कूटनीतिक

भुटानी प्रधानमन्त्री तोब्गेले दिए रवि र बालेन्द्रलाई बधाई

काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेलेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति