२७ श्रावण २०८३, बुधबार | August 12, 2026

मुस्ताङमा विश्व पर्यटन दिवस मनाइयो



मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विश्व पर्यटन दिवस मनाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोम र लोमान्थाङद्वारा आज अलगअलग रूपमा कार्यक्रम आयोजना गरी विश्व पर्यटन दिवस मनाइएको हो ।

आज जोमसोम, घाँसा र लोमान्थाङमा आन्तरिक तथा बाह्य पर्यटकलाई खादा र फूल उपहार दिएर स्वागत गरिएको छ । यहाँको घरपझोङ गाउँपालिका(३ स्थित जोमसोम विमानस्थलमा हवाईमार्गबाट आउने विदेशी यात्रुलाई बाजागाजासहित स्वागत गरिएको एक्याप जोमसोमका संरक्षण सहायक दीपक ओलीले जानकारी दिए । एक्याप जोमसोमको आयोजना, पुथाङ आमा समूह र जोमसोम महिला समूहको समन्वय तथा सहकार्यमा पर्यटन दिवस मनाइएको उनले बताए ।

पर्यटन दिवसका अवसरमा इन्द्रबक्स गणका कलाकारले बाजागाजासहित हवाईमार्गबाट जोमसोम आइपुगेका पर्यटकलाई स्वागत गरेका संरक्षण सहायक ओलीले उल्लेख गरे । हवाई यात्रुलाई यहाँस्थित पुथाङ आमा समूह, जोमसोम महिला समूहका पदाधिकारी, सदस्यलगायतले खादा र फूल अर्पण गरी स्वागत गरेका हुन् ।

दिवसका अवसरमा पर्यटकसँग संवाद, मुस्ताङका सांस्कृतिक, धार्मिक र पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिइएको थियो । एक्याप जोमसोमले म्याग्दी र मुस्ताङको सिमाना थासाङ गाउँपालिका(४ घाँसास्थित एक्याप चेक पोष्टमा सडकमार्गबाट मुस्ताङ भित्रिएका पर्यटकलाई स्वागत गरिएको थियो ।

एक्यापका प्रतिनिधि, आमा समूह, जनप्रतिनिधिलगायतले पर्यटकलाई स्वागत गरेका संरक्षण सहायक ओलीले बताए । पर्यटन दिवसका अवसरमा उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका(५ लोमान्थाङमा पनि विदेशी पर्यटकका लागि स्वागत कार्यक्रम आयोजना गरिएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा स्थानीय पर्यटन व्यवसायी, नागरिक, सुरक्षाकर्मी, जनप्रतिनिधिलगायत सहकार्य र समन्वय गरेका छन् । स्वागत कार्यक्रममा पर्यटकलाई न्यानो आतिथ्यता प्रकट गर्दै उपल्लो मुस्ताङको पर्यटकीय गन्तव्यका बारेमा जानकारी गराइएको कार्यालय प्रमुख पौडेलले उल्लेख गरे ।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका कारण प्रभावित बनेका यहाँका पर्यटन व्यवसायीमा पर्यटनको आगमन हुन थालेसँगै पुनः चलायमान हुनेमा आशावादी बनेका छन् । प्रतिकूल मौसम र जेनजी प्रदर्शनका कारण यहाँका पर्यटन व्यवसाय सुस्ताइरहेका अवस्थामा शुक्रबारदेखि पोखरा–जोमसोम हवाई सेवा सञ्चालनमा आएको छ । आज समिट एयरलाइन्सको जहाजले तेस्रो मुलुकका पर्यटक बोकेर तीन वटा उडान भरेको एयरलाइन्सका स्टेशन प्रमुख सुमन थकालीले जानकारी दिए ।

यहाँ आइपुगेका विदेशी पर्यटकलाई स्थानीय पर्यटन व्यवसायी र सरोकार भएकाहरूले विमानस्थलमा बाजागाजासहित स्वागत गरेका उनको भनाइ छ । मुस्ताङमा हवाई सेवा सुरु भएकाले पर्यटन व्यवसायीमा आशाको सञ्चार पलाएको उनले उल्लेख गरे ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ६ : ४९ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको