१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज २६ गते बस्ने



काठमाडौं । नेपाली कांग्रेसले असोज २६ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै बैठकको जानकारी दिएका हुन् ।

बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरु सहभागी हुने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कांग्रेसले हालैको राजनीतिक परिस्थिति र आगामी योजनाबारे बैठकमा छलफल हुने अपेक्षा गरिएको छ ।

जेनजी आन्दोलनको क्रममा सभापति शेरबहादुर देउवामाथि सांघातिक आक्रमण भएको थियो । यसबीचमा पार्टीमा नेतृत्व परिवर्तनको माग गर्दै महामन्त्री गगन थापा विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला पक्षले विशेष महाधिवेशनको माग गरिरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ८ : ३८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा