१३ माघ २०८२, मंगलबार | January 27, 2026

मानवअधिकार आयोगका देशैभरका कार्यालय सार्वजनिक बिदामा बन्द नहुने



काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले दसैँ, तिहार तथा छठलगायतका सार्वजनिक बिदामा पनि आफ्नो कार्यालयहरू खुला रहने जनाएको छ । विदा अवधिमा आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन ललितपुरसहित प्रदेश र शाखा कार्यालयहरू समेत खुला रहने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आयोगले सार्वजनिक बिदाको दिन बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म उजुरी दर्ता लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न कार्यालय सञ्चालन हुने जानकारी दिएको हो ।

मानव अधिकार उल्लङ्घनका घटना भएमा नजिकको कार्यालयमा तत्काल जानकारी दिन आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ । चाडपर्वका समयमा सार्वजनिक आवतजावतमा कठिनाइ, अपराधका घटना, महँगी र कालोबजारी बढ्ने सम्भावना रहने भएकाले यस अवधिमा शान्ति–सुरक्षा र सेवा प्रवाहलाई चुस्त बनाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने आयोगको आग्रह छ ।

आयोगका सहसचिव तथा प्रवक्ता डा। टीकाराम पोखरेलले शान्ति सुरक्षालाई मजबुत बनाउन र सेवा प्रवाह सहज बनाउन सबै सरोकारवालालाई सहयोग गर्न विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ४ : २१ बजे

निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग

काठमाडौं । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ लाई

त्रिशूली किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खनन कार्य स्थगित, बसभित्र मानव कङ्काल फेला

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका-५ दोन्द्राङवेसीस्थित त्रिशूली नदी किनारमा भेटिएको

युवराज सफल पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय एवं विभिन्न विषयमा अदालतमा रिट

कांग्रेसले चुनावी घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राख्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा