१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

चर्खे पिङ संरक्षणमा स्थानीय



तनहुँ । तनहुँको भानु नगरपालिका–४ टारका स्थानीय चर्खे पिङ संरक्षणमा जुटेका छन् । दसैँका बेला पिङ हाल्ने प्रचलन हराउँदै जान थालेपछि स्थानीयवासी पिङ संरक्षणमा जुटेका हुन् ।

यहाका स्थानीयवासीले चर्खे र लिङ्गे पिङ हालेर सर्वसाधारणका लागि पिङ हालेको स्थानीय युवा सन्देश आचार्यले जानकारी दिए । उनले भने, “दसैंका बेला भुइँ छाड्नुपर्छ भन्ने मान्यता छ, तर पछिल्लो समय बढ्दो आधुनिकतासँगै पिङको प्रचलन लोप हुन थालेको छ । त्यसैले संरक्षणका लागि एकै ठाउँमा चर्खे र लिङ्गे पिङ हालेका छौ ।”

सोही वडाकै गगनपुर बगैंचामा संस्कृति जगेर्ना गर्ने उद्देश्यसहित स्थानीय युवाले चर्खे पिङ र लिङ्गे पिङ हालेका छन् । पछिल्लो पुस्ताको बेवास्ता र बढ्दो युवा पलायनका कारण गाउँमा पिङ देख्नै मुस्किल हुने गरेको आचार्यको गुनासो छ । उनले भने, “विगतमा दसैं सुरु हुनुभन्दा गाउँमा पिङ बनाइन्थ्यो, पिङ खेल्दै रमाइलो हुन्थ्यो । तर आजभोलि समय त्यस्तो छैन । गाउँमा युवा नै पाउन छाडियो ।”

वैदेशिक रोजगारीका लागि युवा विदेशिने क्रम बढेपछि गाउँमा पिङ देख्नै छाडिएको उनको भनाइ छ । उनले भने, “पिङको संस्कृति संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामी गाउँमा भएका युवा मिलेर पिङ हालेका छौ ।”

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  १० : ०५ बजे

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे

ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोखरेलको मृत्यु

नवलपरासी । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीका पत्रकार पोषकान्त

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी। सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

जुरेढुङ्गा ओझेलमा

रसुवा । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि

UN extends LDC graduation timeframe for Nepal and Bangladesh

Kathmandu, Oct 30: The United Nations General Assembly has unanimously