५ चैत्र २०८२, बिहिबार | March 19, 2026

विपद् प्रतिकार्यमा जनतासँगै रहेर जोखिमविरुद्ध जुट्न नेता तथा कार्यकर्तालाई प्रचण्डको निर्देशन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न भागमा भारी वर्षा, बाढी, पहिरो, डुबान र भूक्षयको जोखिमबाट हुन सक्ने विपद् प्रतिकार्यमा पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई जनतासँगै रहेर जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न निर्देशन दिएका छन् ।

आज साँझ सामाजिक सञ्जालमा सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले जोखिमजन्य क्षेत्रमा सबै जनसमुदायलाई आवश्यक सतर्कता र सावधानी अपनाउँदै सुरक्षित रहन अपील गरेका छन् । ‘मौसम विभागको चेतावनीअनुसार देशका विभिन्न भागमा भारी वर्षा, बाढी, पहिरो, डुबान र भूक्षयको जोखिम छ। जोखिमजन्य क्षेत्रमा सबै जनसमुदायलाई आवश्यक सतर्कता र सावधानी अपनाउँदै सुरक्षित रहन अपील गर्दछु।’ उनले सन्देशमा लेखेका छन् ।

उनले तीनै तहका सरकारलाई तीव्र पूर्वतयारी र विपद् प्रतिकार्यमा सक्रिय हुन पनि आग्रह गरेका छन् । जल तथा मौसम विज्ञान विभागले आजरातिबाट आइतबार सम्म पाँचवटा प्रदेशका बिभिन्न भागमा अति भारी वर्ष हुने पूर्वानुमान सार्वजनिक गरेसँगै प्रचण्डले सन्देश जारी गरेका हुन् ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ८ : २८ बजे

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका-१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव

रविको मुद्दामा अभियोगपत्र संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

तीन दिन भारी वर्षा र हुरीको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी

भारतमा बन्धक बनाइएकी रुकुमकी युवतीको उद्धार

हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको

आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपति