६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

नेपालगन्जमा दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुहबीच झडप



नेपालगन्ज । नेपालगन्जका दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुहबीच झडप भएको छ । नेपालगन्जको पिप्रहवा र फुल्टेक्रा खण्डमा दुई समुहबीच झडप भएको हो ।

झडपमा तीनजना प्रहरीसहित १५-२० जना घाइते भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले बताए । सबै घाइतेको अवस्था सामान्य रहेको उनले बताए । झडप पूर्णरुपमा नियन्त्रणमा आइसकेको उनले जानकारी दिए ।

उनले केही सामाजिक सञ्जालमा झडपमा ज्यान नै गएको भन्ने हल्ला फिजाइएको भन्दै झडपमा कसैको पनि ज्यान नगएको स्पष्ट पारे । ज्यान गएको भन्ने गलत हल्ला मात्र भएको उल्लेख गर्दै उनले हल्लाको बिश्वास नगर्न नगरबासीमा आग्रह गरे ।

मुख्य झडप भएका तीन स्थानलाई प्रहरीले नियन्त्रणमा लिएर निगरानी बढाएको छ । सो स्थानहरुमा प्रहरीले आवतजावतमा कडाई गरेको छ । स्थितीलाई नियन्त्रणमा लिन झडप भएको स्थानमा नेपाली सेनाले गस्ती गरेको छ । शान्ति कायम राख्दै संयमित रहन जिल्लाबासीमा प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ९ : ३२ बजे

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण

काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ । खानीडाँडा-याम्खा-रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता