१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपालगन्जमा दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुहबीच झडप



नेपालगन्ज । नेपालगन्जका दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुहबीच झडप भएको छ । नेपालगन्जको पिप्रहवा र फुल्टेक्रा खण्डमा दुई समुहबीच झडप भएको हो ।

झडपमा तीनजना प्रहरीसहित १५-२० जना घाइते भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले बताए । सबै घाइतेको अवस्था सामान्य रहेको उनले बताए । झडप पूर्णरुपमा नियन्त्रणमा आइसकेको उनले जानकारी दिए ।

उनले केही सामाजिक सञ्जालमा झडपमा ज्यान नै गएको भन्ने हल्ला फिजाइएको भन्दै झडपमा कसैको पनि ज्यान नगएको स्पष्ट पारे । ज्यान गएको भन्ने गलत हल्ला मात्र भएको उल्लेख गर्दै उनले हल्लाको बिश्वास नगर्न नगरबासीमा आग्रह गरे ।

मुख्य झडप भएका तीन स्थानलाई प्रहरीले नियन्त्रणमा लिएर निगरानी बढाएको छ । सो स्थानहरुमा प्रहरीले आवतजावतमा कडाई गरेको छ । स्थितीलाई नियन्त्रणमा लिन झडप भएको स्थानमा नेपाली सेनाले गस्ती गरेको छ । शान्ति कायम राख्दै संयमित रहन जिल्लाबासीमा प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ९ : ३२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा