पाँचथर । धरानबाट पाँचथर जाँदै गरेको बोलेरो जीप तमोर नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ ।
पाँचथरको कुम्मायक गाउँपालिका–३ कार्तिकेमा शनिबार भएको उक्त दुर्घटनामा जीपमा सवार १२ जनामध्ये ६ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घटनास्थलबाट पाँच जनाको शव निकालिएको छ भने अर्को एकजनाको शव निकाल्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ६ जनामध्ये कजनालाई उपचारका लागि फिदिम पठाइएको छ भने बाँकी पाँच जनालाई धरान रेफर गरिएको छ ।
प्रहरीका अनुसार जीप कम्तीमा पनि पाँच सय मिटर तल तमोर नदीको किनारमा खसेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन ।



















प्रतिक्रिया