२२ मंसिर २०८२, सोमबार | December 8, 2025

निजी कम्पनीद्वारा उपत्यकाभित्र उद्धारका लागि निःशुल्क हेलिकोप्टर उपलब्ध गराउने घोषणा



काठमाडौं । वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकामा आपत्‌कालीन उद्धारका लागि निःशुल्क हेलिकोप्टर सेवा उपलब्ध गराउने घोषणा गरेको छ । शनिबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाइएको पत्रमार्फत संघले काठमाडौं उपत्यकाभित्र हुने विपद्‌जन्य घटनामा सदस्य हेलिकोप्टर कम्पनीहरूले निःशुल्क उद्धार सेवा सञ्चालन गर्ने जानकारी दिएको हो ।

संघले उद्धार कार्यमा सहजता र प्रभावकारी समन्वयका लागि प्राधिकरणले समन्वय अधिकारी तोक्न आग्रह गरेको छ । पत्रमा भनिएको छ, “समन्वय अधिकारीको निर्देशनअनुसार उद्धार कार्य सञ्चालन गरिनेछ।”

देशका विभिन्न भागमा बाढी, पहिरो र अन्य विपद्‌ व्यवस्थापनका सम्भावित अवस्थाको सामना गर्न संघका सदस्य कम्पनीहरू तयारी अवस्थामा रहेको जानकारी पनि संघले दिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ७ : २२ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन