२५ बैशाख २०८३, शुक्रबार | May 9, 2026

निजी कम्पनीद्वारा उपत्यकाभित्र उद्धारका लागि निःशुल्क हेलिकोप्टर उपलब्ध गराउने घोषणा



काठमाडौं । वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकामा आपत्‌कालीन उद्धारका लागि निःशुल्क हेलिकोप्टर सेवा उपलब्ध गराउने घोषणा गरेको छ । शनिबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाइएको पत्रमार्फत संघले काठमाडौं उपत्यकाभित्र हुने विपद्‌जन्य घटनामा सदस्य हेलिकोप्टर कम्पनीहरूले निःशुल्क उद्धार सेवा सञ्चालन गर्ने जानकारी दिएको हो ।

संघले उद्धार कार्यमा सहजता र प्रभावकारी समन्वयका लागि प्राधिकरणले समन्वय अधिकारी तोक्न आग्रह गरेको छ । पत्रमा भनिएको छ, “समन्वय अधिकारीको निर्देशनअनुसार उद्धार कार्य सञ्चालन गरिनेछ।”

देशका विभिन्न भागमा बाढी, पहिरो र अन्य विपद्‌ व्यवस्थापनका सम्भावित अवस्थाको सामना गर्न संघका सदस्य कम्पनीहरू तयारी अवस्थामा रहेको जानकारी पनि संघले दिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ७ : २२ बजे

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम