१४ भदौ २०८३, आइतबार | August 30, 2026

संयोजक प्रचण्डबाट बाढी, डुबान र पहिरोबाट ठूलो जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका पूर्वी तथा मध्य क्षेत्रहरूमा परेको अविरल वर्षाका कारण बाढी, डुबान र पहिरोबाट ठूलो जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । उनले समाजिक सञ्जालमा सन्देश पोष्ट गर्दै विगत केही दिनयता मौसम प्रणाली पुनः सक्रिय भएपछि भएको जनधनको क्षति प्रति दुःख प्रकट गरेका हुन् ।

अध्यक्ष प्रचण्डले इलाम, पाँचथर लगायत विभिन्न स्थानमा हालसम्म २७ जनाको ज्यान गएको र कैयौं वेपत्ता भएको अत्यन्त पीडादायी खबरले आफुलाई दुखित बनाएको उल्लेख गरेका छन् । ‘रसुवामा पनि केही वेपत्ता हुनुका साथै देशका अन्य क्षेत्रमा धेरै घर, राजमार्ग तथा सडकहरू क्षतिग्रस्त भएका छन्। पशुबाली र अन्नबालीमा ठूलो क्षति पुग्नुका साथै जनजीवनमा गम्भीर असर परेको छ।’ उनले सन्देशमा लेखेका छन् ।

दुखद क्षणमा प्राकृतिक विपदबाट ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

‘अझै पनि जोखिम पूर्ण रूपमा हटेको छैन। त्यसैले सबैमा उच्च सतर्कता र सावधानी अपनाउन अनुरोध गर्दछु। हाम्रो पार्टीका सबै तहका संरचनालाई उद्धार, राहत र पुनःस्थापनाको कार्यमा तत्काल सक्रिय हुन पुनः निर्देसित गर्दछु। साथै सबैस्तरका पार्टी कार्यालयमा सहायता कक्ष (Help Desk) स्थापना गरी उद्दार, राहत र पुनःस्थापना कार्यमा थप सक्रिय हुन आह्वान गर्दछु ।’ उनले सन्देशमा भनेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  १ : ४० बजे

पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी । मालिका गाउँपालिका-५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

कृष्णभीरमा सडक भासिएपछि मुग्लिन-काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

धादिङ । धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिन-काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध

तिब्बत क्षेत्रको बाढी-पहिरोमा २६१ विदेशी नागरिक बेपत्ता, नेपालका १०४ जना

काठमाडौं । तिब्बतको केरुङ क्षेत्रमा आएको बाढी र पहिरोमा परी

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख

पोखरा महानगरले थाल्यो राहत सङ्कलन अभियान

गण्डकी । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितहरूको राहत तथा