१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

संयोजक प्रचण्डबाट बाढी, डुबान र पहिरोबाट ठूलो जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका पूर्वी तथा मध्य क्षेत्रहरूमा परेको अविरल वर्षाका कारण बाढी, डुबान र पहिरोबाट ठूलो जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । उनले समाजिक सञ्जालमा सन्देश पोष्ट गर्दै विगत केही दिनयता मौसम प्रणाली पुनः सक्रिय भएपछि भएको जनधनको क्षति प्रति दुःख प्रकट गरेका हुन् ।

अध्यक्ष प्रचण्डले इलाम, पाँचथर लगायत विभिन्न स्थानमा हालसम्म २७ जनाको ज्यान गएको र कैयौं वेपत्ता भएको अत्यन्त पीडादायी खबरले आफुलाई दुखित बनाएको उल्लेख गरेका छन् । ‘रसुवामा पनि केही वेपत्ता हुनुका साथै देशका अन्य क्षेत्रमा धेरै घर, राजमार्ग तथा सडकहरू क्षतिग्रस्त भएका छन्। पशुबाली र अन्नबालीमा ठूलो क्षति पुग्नुका साथै जनजीवनमा गम्भीर असर परेको छ।’ उनले सन्देशमा लेखेका छन् ।

दुखद क्षणमा प्राकृतिक विपदबाट ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

‘अझै पनि जोखिम पूर्ण रूपमा हटेको छैन। त्यसैले सबैमा उच्च सतर्कता र सावधानी अपनाउन अनुरोध गर्दछु। हाम्रो पार्टीका सबै तहका संरचनालाई उद्धार, राहत र पुनःस्थापनाको कार्यमा तत्काल सक्रिय हुन पुनः निर्देसित गर्दछु। साथै सबैस्तरका पार्टी कार्यालयमा सहायता कक्ष (Help Desk) स्थापना गरी उद्दार, राहत र पुनःस्थापना कार्यमा थप सक्रिय हुन आह्वान गर्दछु ।’ उनले सन्देशमा भनेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  १ : ४० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा