काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी अध्यक्ष एवं आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सुरु भएको हो ।
बैठकमा हालै देशभर आएको विपद्पछिको अवस्थाको मूल्यांकन, आगामी विशेष महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट प्रक्रिया, तथा संगठन सुदृढीकरणका विषयहरूमा गम्भीर छलफल भइरहेको माओवादी केन्द्र स्रोतले जनाएको छ ।
यसअघि यही असोज ९ र १० गते काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार माओवादी केन्द्रले आगामी मंसिरको अन्तिम साताभित्र विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएको हो ।
बैठकमा आगामी राजनीतिक दिशा, संगठन विस्तारका योजना र देशभरका समितिहरूलाई सक्रिय बनाउने विषय पनि एजेन्डामा समावेश गरिएको बताइएको छ ।


















प्रतिक्रिया