१३ माघ २०८२, मंगलबार | January 27, 2026

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीबाट मनसुन बाहिरियो, अन्य प्रदेशबाट पनि बाहिरिँदै



काठमाडौं । नेपालबाट यस वर्षको मनसुन बाहिरिन सुरु गरेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट मनसुन बाहिरिन सुरु गरेको हो । आज सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्णरुपमा मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट पनि मनसुन बाहिरिएको छ ।

मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालका बाँकी भूभागबाट पनि केही दिनमै मनसुन बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुलाई १३ र बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो । यस वर्ष भने सरदर मितिभन्दा १५ दिन छिटो अर्थात् मे ३० तारिख (जेठ १६ गते) नेपाल भित्रिएको मनसुन सरदर मितिभन्दा चार दिन ढिलो अर्थात् अक्टुबर ६ तारिख (असोज २० गते)देखि बाहिरिन सुरु गरेको हो ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  २ : ४५ बजे

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं । देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

पाल्पामा छ महिनामा थपिए सात कुष्ठरोगी

तानसेन । पछिल्लो छ महिनामा पाल्पामा सात जना नयाँ कुष्ठरोगी

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत

मोरङ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ