१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीबाट मनसुन बाहिरियो, अन्य प्रदेशबाट पनि बाहिरिँदै



काठमाडौं । नेपालबाट यस वर्षको मनसुन बाहिरिन सुरु गरेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट मनसुन बाहिरिन सुरु गरेको हो । आज सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्णरुपमा मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट पनि मनसुन बाहिरिएको छ ।

मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालका बाँकी भूभागबाट पनि केही दिनमै मनसुन बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुलाई १३ र बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो । यस वर्ष भने सरदर मितिभन्दा १५ दिन छिटो अर्थात् मे ३० तारिख (जेठ १६ गते) नेपाल भित्रिएको मनसुन सरदर मितिभन्दा चार दिन ढिलो अर्थात् अक्टुबर ६ तारिख (असोज २० गते)देखि बाहिरिन सुरु गरेको हो ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  २ : ४५ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा