३१ असार २०८३, बुधबार | July 15, 2026

फागुन २१ को चुनावमा माओवादी केन्द्रले सक्रियतासाथ भाग लिन्छ : संयोजक प्रचण्ड



काठमाडौँ । आगामी फागुन २१ गते हुने चुनावमा भाग लिने निर्णय गर्दै नेकपा (माओवादी केन्द्र)को सचिवालयको बैठक सम्पन्न भएको छ । सोमबार पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकले आगामी चुनावमा भाग लिने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै माओवादीको महाधिवेशन आयोजक समितिका संयोजक प्रचण्डले बैठकले चुनावमा जाने निर्णय गरेको जानकारी दिए । उनले चुनावमा जाने विषयमा अरु पार्टीहरुसँग पनि छलफल गर्ने पनि बताए ।

सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा माओवादी रहेको पनि उनले बताए ।

‘हाम्रो पार्टी सक्रियतासाथ निर्वाचनमा भाग लिन्छ । अहिले अन्य राजनीतिक दलहरूसँग पनि छलफल भइरहेको छ । केही समयपछि त्यसको परिणाम पनि देखिन्छ ।’ प्रचण्डले भने ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  २ : ५२ बजे

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित ठिनी खोलामा पक्की मोटरेबल

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

लमजुङ । ‘कालो सुन’का रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

भोजपुर । वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले

बागलुङमा सिँचाइ सुविधा विस्तार

बागलुङ । बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

ललितपुर । देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न