काठमाडौँ । आगामी फागुन २१ गते हुने चुनावमा भाग लिने निर्णय गर्दै नेकपा (माओवादी केन्द्र)को सचिवालयको बैठक सम्पन्न भएको छ । सोमबार पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकले आगामी चुनावमा भाग लिने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै माओवादीको महाधिवेशन आयोजक समितिका संयोजक प्रचण्डले बैठकले चुनावमा जाने निर्णय गरेको जानकारी दिए । उनले चुनावमा जाने विषयमा अरु पार्टीहरुसँग पनि छलफल गर्ने पनि बताए ।
सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा माओवादी रहेको पनि उनले बताए ।
‘हाम्रो पार्टी सक्रियतासाथ निर्वाचनमा भाग लिन्छ । अहिले अन्य राजनीतिक दलहरूसँग पनि छलफल भइरहेको छ । केही समयपछि त्यसको परिणाम पनि देखिन्छ ।’ प्रचण्डले भने ।


















प्रतिक्रिया