५ चैत्र २०८२, बिहिबार | March 19, 2026

मलेसियालाई पराजित गर्दै नेपालले टी-२० सिरिजको उपाधि जित्यो



काठमाडौं । नेपाली महिला क्रिकेट टिमले मलेसियालाई घरेलु मैदानमै पराजित गर्दै पाँच खेलको टी-२० सिरिज आफ्नो नाममा पारेको छ । बुधबार सम्पन्न फाइनल खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराउँदै सिरिज ३-२ को नतिजासहित उपाधि जित्न सफल भएको हो ।

फाइनल खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमै पाँच विकेटको क्षतिमा भेट्टायो ।

नेपालको जितमा पूजा महतो र रुबि पोदारको योगदान निर्णायक रह्यो । महतोले २४ बलमा २३ रन बनाइन् भने रुबि पोदारले २४ बलमा २६ रन जोडेकी थिइन् । सम्झना खड्काले १३ बलमा १० रन, रुविना क्षेत्रीले १५ बलमा अविजित १५ रन र कविता कुँवरले १९ बलमा १४ रनको योगदान दिइन् । कप्तान इन्दु बर्माले १३ बलमा ८ रन बनाइन् ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०३ रनको योगफल तयार गरेको थियो । मलेसियाका विन्डर डानियाले ४० रन र माहिरा इज्जाइले १९ रन बनाइन् ।

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षी टिमलाई सस्तैमा समेटे । राजमती ऐरीले तीन ओभरमा १५ रन खर्चेर तीन विकेट लिइन् भने कविता कुँवरले चार ओभरमा १६ रन खर्चेर दुई विकेट हात पारिन् । रचनाकुमारी चौधरीले पनि एक विकेट लिएर टोलीलाई सहयोग गरिन् ।

यसअघि सिरिजको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो । तेस्रो खेलमा १३ रनले हार ब्यहोरेको नेपालले चौथो खेलमा ६ विकेटको शानदार जित हात पार्दै सिरिजलाई बराबरीमा ल्याएको थियो । अन्ततः फाइनल जितसँगै नेपालले पाँच खेलको टी-२० सिरिज ३-२ ले आफ्नो पक्षमा पार्‍यो ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ११ : २१ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर