काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ एनजीओका संस्थापक सुदन गुरुङविरुद्ध कैलालीमा समेत किटानी जाहेरी परेको छ ।
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका कैलाली अध्यक्ष कुवेर खड्काले बालेन र गुरुङविरुद्ध बुधबार किटानी जाहेरी दिएका हुन्।
प्रहरीले जाहेरी बुझेको तर दर्ता प्रक्रिया अझै पूरा नभएको जनाएको छ। जाहेरी दर्ता गर्ने क्रममा अखिलका अन्य नेताहरू पनि उपस्थित थिए।
यसअघि अनेरास्ववियुले मंगलबार काठमाडौं प्रहरी परिसरमा पनि उनीहरूविरुद्ध जाहेरी दिएको थियो । तर त्यो जाहेरी हाल ‘होल्डमा’ रहेको बताइएको छ।


















प्रतिक्रिया