३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

मतदाता नामावली अद्यावधिक गर्न कार्यकर्तालाई माओवादीको निर्देशन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्ना सबै तहका पार्टी पङ्क्तिलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन विशेष निर्देशन दिएको छ ।

पार्टीका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा जारी गरिएको परिपत्रमा पार्टी कार्यकर्ताहरूलाई आगामी कात्तिक ३० गतेभित्र १६ वर्ष उमेर पुगेका नागरिकहरूको नाम समावेश गर्न, विवाह तथा बसाइँ सराइका कारण मतदान केन्द्र परिवर्तन गर्नुपरेमा आवश्यक प्रक्रिया पुर्‍याउन, साथै नाम, जन्म मिति वा अन्य विवरणमा त्रुटि भएमा त्यसको सच्याउन पहल गर्न आग्रह गरिएको छ ।

परिपत्रमा भनिएको छ, “निर्वाचनमा सहभागी हुने जनताको नामावली अद्यावधिक गर्नु लोकतान्त्रिक अभ्यासको पहिलो खुड्किलो हो । त्यसैले सम्पूर्ण पार्टी पङ्क्तिले यो कार्यलाई गम्भीरतापूर्वक लिई आवश्यक समन्वय र सहजीकरण गर्नुपर्छ ।” यो अभियान निर्वाचन आयोगले सुरु गरेको नामावली अद्यावधिक कार्यक्रम सँग मेल खाने गरी सञ्चालन गर्न भनिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ८ : ३५ बजे

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा