काठमाडौँ । पूर्व अनुमति नलिई कार्यक्रम गर्न थालेको भन्दै काठमाडौँको माइतीघर मण्डलामा भेला भएका जेनजीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
अहिले सम्ममा डा निकोलस भुसाल, सञ्जीव दाहालसहित १६ जना पक्राउ परेका छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।
माइतीघर क्षेत्रमा भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै भेला भएको थियो । उनीहरुले कोणसभा गर्ने बताए पनि प्रहरीले अवरोध गरेको छ ।
जेन जीको एक समुहले कार्यक्रम गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिएपनि कार्यक्रममा घुसपैठ हुन सक्ने र शाीतपूर्ण कार्यक्रम भाँडीन सक्ने भन्दै कार्यक्रम स्थगनको निर्णय गरेका थिए । डा. भुसाल सहितको एक समुह सोही अनुमतिलाई आधार बनाउँदै माइतिघरमा प्रदर्शनका लागि पुगेका थिए ।


















प्रतिक्रिया