१५ माघ २०८२, बिहिबार | January 29, 2026

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीसहित सर्वदलीय बैठक आह्वान



काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका नेताहरूसँग सर्वदलीय बैठक आह्वान गरेका छन् ।

चुनावको कार्यतालिका सार्वजनिक भइसकेको तर सरकार र राजनीतिक दलहरूबीच संवाद नहुँदो अवस्थामा राष्ट्रपतिले आज दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्री, मन्त्रीहरु, विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसमेत सहभागी हुने राष्ट्रपति कार्यालयले जनाएको छ । आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनबारे सरकार र दलहरूबीच छलफल गर्न बैठक आह्वान गरेको बताइएको छ ।

यसअघि हिजो राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता भएको थियो । भेटमा राष्ट्रपतिले चुनावका लागि अनुकूल राजनीतिक वातावरण तयार गर्न सरकारलाई सुझाव दिएका थिए ।

जेनजी आन्दोलनको जगमा प्रधानमन्त्री बनेकी कार्कीले भने अहिलेसम्म दलहरुसँग सीधा सम्वाद गर्न प्रयत्न गरेकी छैनन् । यद्यपी, प्रधानमन्त्री कार्कीले बुधबार निर्वाचन आयोगका पदाधिकारीहरुसँग चुनावी तयारीबारे छलफल गरेकी थिइन ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ११ : १५ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण