८ माघ २०८२, बिहिबार | January 23, 2026

कांग्रेस नेता सिटौला उभिए सभापति देउवाको प्रतिरक्षामा



काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पार्टी सभापति शेरबहादुर देउवाको पक्षमा उभिउका छन् । कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा नेता सिटौलाले सभापति देउवाको विकल्प खोज्नुपर्ने अवस्था नरहेको बताउँदै देउवाको प्रतिरक्षा गरेका हुन् ।

देउवालाई बिदा गर्दै पार्टी पुनर्गठनको माग गर्दै हस्ताक्षर संकलन भइरहेका बेला नेता सिटौलाले देउवाको प्रतिरक्षा गरेका हुन् । बैठकमा बोल्ने क्रममा सिटौलाले अहिले सभापति देउवाको विकल्प खोज्नु बेठीक हुने बताए ।

सिटौलाको बोली उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘अहिले नै सभापतिको विकल्प खोज्ने बेला भएको हो त ? विकल्प खोज्नु पर्ने अवस्था अहिले म देख्दिन ।’

सिटौलाले अस्तिसम्म शेरबहादुर देउवा ठीक अहिले बेठीक कसरी हुन्छ ? भन्दै नेताहरुलाई प्रन गरेका थिए ।

सिटौला संसद्‌ पुनर्स्थापनाको पक्षमा देखिएका देखिँदै आएका छन् । बैठकमा भने उनले त्यस विषयमा संसद पुनर्स्थापनामा जोड नदिएको सहभागी नेताले जानकारी गराए ।

बैठकमा पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले पनि सभापतिको पक्षमा उभिँदै आफ्नो धारणा राखेका थिए।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ५ : १७ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा