१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

अध्यक्षसहित बहुमत सदस्यले राजीनामा दिएपछि न्यू डाँफेमा खत्रीको नयाँ नेतृत्व



खजुरा । बाँकेको जेठो क्लब मध्येको एक न्यू डाँफे स्पोर्ट्स क्लबमा नयाँ नेतृत्व चयन गरिएको छ । कार्यसमितका अध्यक्ष सहित कार्यसमितिका बहुमत सदस्यहरूले राजीनामा दिएपछि गाउँभेला गरेर नयाँ नेतृत्व चयन गरिएको हो ।

नयाँ समितिलाई दुई वर्ष कार्यकाल रहनेगरी चयन गरिएको छ । शनिबार बसेको गाउँ भेलाले समितिको अध्यक्षमा बालाराम खत्रीलाई सर्वसम्मत चयन गरेको हो । यस्तै उपाध्यक्षमा दान बहादुर गुरुङ, सचिवमा योगेन्द्र नाथ योगी, कोषाध्क्ष हरी प्रसाद विक, सह सचिवमा दीपेन्द्र कुमार शाही चयन भएका छन् । सदस्यहरुमा सिमोन गुरुङ्ग, प्रविन विक, रिमा कुमारी थापा (कसम) र कर्ण बहादुर विक सर्व सम्मत चयन भए । केही सदस्यहरू कार्यसमितिले मनोनीत गरिने नव निर्वाचित अध्यक्ष खत्रीले जानकारी दिए ।

नव निर्वाचित अध्यक्ष खत्रीले खेल गतिविधि बढाउन सक्रिय भूमिका निभाउने प्रतिक्रिया दिए । खेलकुद र सांस्कृतिक उत्थानका लागि बाँकेकै अग्रणी क्लवकारुपमा रहेको न्यु डाँफे क्लवको नयाँ नेतृत्व गाउँभेलाले गर्ने परम्परा रहँदै आएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ८ : १६ बजे

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने

फागुपूर्णिमा आपसी प्रेम र एकताको एक विशिष्ट पर्व : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा

होलीले समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले होली (फागुपूर्णिमा) पर्वले

सिधा सडकले जोडियो ढोरपाटन-तकसेरा

ढोरपाटन । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा

वेस्टइन्डिजलाई ५ विकेटले हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । भारत राष्ट्रिय क्रिकेट टोली आईसीसी पुरुष टी-२० विश्वकपको