५ माघ २०८२, सोमबार | January 19, 2026

घर आँगनकै फूलबाट नगद आर्जन गर्दै स्थानीय



महोत्तरी । तिहार पर्व नजिकिँदै गर्दा यहाँका सर्वसाधारणलाई आफ्नै घरकरेसाको फूल नगद आर्जनको स्रोत बनेको छ । फूल खोज्दै हिँडेका व्यापारीले बैना रकम दिन थालेपछि यहाँका स्थानीय दङ्ग छन् । घर आँगनको शोभाका लागि रोपिएका केही बोट फूलबाटै नगद पाउन थालेपछि यहाँका गृहिणीले आम्दानी लिन थालेका हुन् ।

फूल लिन आउँदा अझै एक हजार दिने बोलकवोल व्यापारीले गरेका उनको भनाइ छ । ‘फूलबाट पैसा पाइएला भन्ने सोचेकै थिएन, अहिले घरमै आएर व्यापारीले पैसा दिँदैछन्’, हरिप्रियाकै छिमेकी रामवती चौधरी भने, ‘अहिले यही पैसाले मेरो बटुवा (कपडाको सुर्के थैली) धनी भएको छ ।’ आफ्नो घरआँगन र करेसाका करिब ६०-६५ बोट सयपत्री र १५-१६ वटा मखमली फूलबाटै दुई हजार प्राप्त गरेको उनले बताइन् । आगामी वर्षको दिपावली ताकालाई २०० बोट फूल फुलाउने चौधरीको धोको छ ।

मिथिलामा दीपावली थरिथरिका फूलका माला र जताततै झिलिमिली बत्तीको उज्यालोको पर्व मानिन्छ । यस पर्वमा मैथिल परम्पराका कागपूजा, लक्ष्मीपूजा, गोधन र भैयादुजसम्मका लागि चाहिने मालाको माग बढ्दै गएपछि फूल आम्दानीको स्रोत बनेको हो । पर्वअघि फूल खोज्दै बस्तीबस्ती पस्ने व्यापारीले सोचेभन्दा बढी मूल्य दिन थालेपछि हम्मेसी पैसा नपर्ने स्थानीय हौसिएका छन् ।

जिल्लामा फूलको व्यावसायिक खेती विस्तार धेरै नभएपनि अब यसको सम्भावना रहेको कृषि विज्ञ बताउँछन् । दिपावली, छठ जस्ता पर्व र सालैभरि आयोजना हुने धार्मिक अनुष्ठान एवं पूजाअर्चना तथा सभा समारोहलाई लक्षित गरी व्यावसायिक खेती सुरु गरिए जिल्लामा थप एउटा भरपर्दो आर्जनको बाटो खुल्ने कृषि ज्ञान केन्द्र महोत्तरीका सूचना अधिकारी अविरल महतोले बताए ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ७ : ५१ बजे

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच

प्रतिनिधिसभा निर्वाचनमा लड्न बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यद्वारा राजीनामा

हेटौंडा । बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट

सञ्चारमन्त्री जगदीश खरेलले दिए पदबाट राजीनामा, ललितपुर-२ बाट चुनाव लड्ने घोषणा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा