५ चैत्र २०८२, बिहिबार | March 19, 2026

विपिन जोशी जीवित नरहेको इजरायली सेनाद्वारा औपचारिक जानकारी



काठमाडौं । इजराययली सेनाले (आइडिएफ)ले हमासले वेपत्ता बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जनाएको छ ।

आइडीएफका अधिकारीहरुले आज जोशीको परिवार र इजरायलस्थित नेपाली दूतावासलाई उनी जीवित नरहेको औपचारिक जानकारी गराएका हुन् । सेनाले दिएको जानकारीको पुष्टि इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले गरेका छन् ।

आफ्नो छोराको रिहाईका लागि दबाब बढाउन अमेरिका रहेका जोशीकी आमा र बहिनीसँग एवं तेलअभिवस्थित नेपाली राजदूतावाससँग आइडीएफका अधिकारीहरुले भिडियोमा कुराकानी गरेका थिए ।

हमासले आजबाट आफुसँग रहेका २० जीवित बन्धकहरुलाई रिहा गर्न सुरु गरेको छ । हमाससँग २० जीवित, २६ मृतक रहेका छन् । जोशीसहित अर्का एकजना वेपत्ता रहेका थिए ।

जोशीलाई हसमाले सन् २०२३ को अक्टुबर ७ मा इजरायलमा गरेको आक्रमणपछि बन्धक बनाएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ११ : ३६ बजे

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

संसद् सचिवालयले बोलायो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

काठमाडौं । संघीय संसद् सचिवालयले फागुन २१ को निर्वाचनबाट विजयी

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ । बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना

मुआब्जा विवादले पूर्व-पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ ।

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे