५ चैत्र २०८२, बिहिबार | March 19, 2026

देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिए



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई मंगलबारदेखि लागू हुने गरी कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य कारणले केही समयका लागि पार्टीको नेतृत्व खड्कालाई सुम्पिएको जानकारी दिएका हुन् ।

जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी टाउकोमा १२ टाँका लगाएर उपचार गराइरहेका देउवाले थप उपचारका लागि सिंगापुर जाने तयारी गरेको पनि बताएका छन् । उनले भने, “मेरो स्वास्थ्यका कारण म पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रूपमा काम गर्ने गरी तोकेको छु । उहाँले पार्टीको वृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।”

देउवा जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक रूपमा देखिएका हुन् । उनले बैठकमा सम्बोधन गर्दै आफ्नो स्वास्थ्य अवस्था, पार्टीको आन्तरिक सुदृढीकरण र आगामी राजनीतिक योजनाबारे विस्तृत धारणा राखे ।

उनले देशमा उत्पन्न राजनीतिक अस्थिरता, असंवैधानिक गतिविधि र चुनावी तयारीबारे पनि टिप्पणी गर्दै भने, “अहिले स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन हुने ग्यारेन्टी छैन । शान्ति, सुरक्षा र भयरहित वातावरण निर्माण गर्नु सरकारको जिम्मेवारी हो ।”

पूर्वप्रधानमन्त्री देउवाले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले राजनीतिक दलहरूसँग सहकार्य गर्न नचाहेको देखिएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा दलबीचको संवाद र सहकार्य अनिवार्य रहेको बताए । उनले थपे, “देशमा अब द्वन्द्व आवश्यक छैन, हामीले एकताबद्ध भएर बहुदलीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणतर्फ अघि बढ्नुपर्छ ।”

देउवाको स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थानसँगै कांग्रेसको दैनिक कार्य सञ्चालन र आगामी गतिविधि अब कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा अघि बढ्ने भएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ३ : ०६ बजे

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौं । गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा

‘लालीबजार’ मा फरक भूमिकामा छु : अभिनेत्री खड्का

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार

समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश